बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पाेखरा | फागुन ८, २०८०

बिटी कप: लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (मंगलबार) भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले  एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्याे । 
 

लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र सन्तोष गुरुङले समान १ गोल गरे भने काठमाडौंको तर्फबाट करण खड्काले सान्त्वना १ गोल फर्काए । 

 

यस्तै दोस्रो खेलमा रामघाट एफसीले दिव्यज्योती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लामागाउँसँगको भेट पक्का गर्याे ।

 

रामघाटको जीतमा राजकुमार कुँवरले निर्णायक गोल गरे । अब रामघाटले लामागाउँविरुद्ध बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए ।

 

उनका अनुसार तेस्रो क्वाटरफाइनल खेलमा एलसी ब्रदर्श लामाचौरले एनटु क्याफे टुंडिखेलमाथि २–० गोल अन्तरले जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो । एलसी ब्रदर्शको जीतमा धिरज मगरले २ गोलको योगदान दिए ।

 

यस्तै तारा एफसी र एट टु नाइन एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल गोलरहित निर्धारित समयसकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले विजयी बन्यो । एट टु नाइन एफसीले अब सेमिफाइनलमा एलसी ब्रदर्शसँग भिड्नेछ । 

 

दुवै सेमिफाइनका खेल बुधबार हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न गरिने क्लबका अध्यक्ष असिम थापाले  जानकारी दिए । 

 

उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्